टाइफाइड रोग विरुद्धको खोप अभियान

8 / 100


चैत्र–२३, स्याङजा
Rana Resu

स्याङजा विरुवा गाउँपालिकामा आज टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । पालिका सभाहलमा औपचारीक कार्यक्रम गरी गाउँपालिका प्रमुख चुन प्रसाद शर्माले अभियानको व्यानर खोलेर सुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा टाईफाई रोग सम्बन्धि फलफल र रोगबाट बच्ने उपाय तथा खोप सम्बन्धि छलफल भएको थियो । अभियानल समाजिक स्तरमा टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने, जनचेतनामुलक कार्यक्रम विद्यालयहरुमा सञ्चालन गर्ने तथा शुद्ध खानेपानीको व्यवासथा व्यावस्थ गर्ने तथा सार्वजनिक ठाउँहरुमा सरसफाई तथा शुद्ध खानेपानीको व्यवस्था गराउदै जनुपर्ने अभियान सञ्चालन गर्नेछ ।
कार्यक्रममा बिशिष्ट अतिथि पालिका प्रमुख प्रशासकिय अधिकृत अनन्तराज न्यौपाने, विभिन्न प्रशासनिक फाँटका कर्मचारी, बिरुवा गा.पा. स्वास्थ्य शाखा ईन्चर्ज इन्द्र प्रसाद पौडेल,जन स्वास्थ्य प्रमुख गोगन सिंह थापा र पालिका भित्रका ८ वटै वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो भने पालिका भरिका स्वास्थ्या चौकी प्रमुख राजनितिक पार्टी प्रतिनिधि सुरक्षाकर्मीै पत्रकार एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

0Shares

Facebook Comments