चलचित्र ‘समर लभ’ को रिलिज डेट नजिकिदै गर्दा निर्माता र निर्देशक बिच झगडा

चर्चित लेखक सुविन भट्टराईको उपन्यास ‘समर लभ’ माथि निर्माण भएको चलचित्र ‘समर लभ’ का कार्यकारी निर्माता बिनोद अधिकारि र निर्देशक मुस्कान ढकाल बिच झगडा परेको श्रोतले जनाएको छ। ढकालले बारम्बार निर्माण पक्ष टिमलाई पुरा चलचित्र देखाउने डेट सार्दै गए पछी अधिकारि मिडियामा खुलेरै ढकालको आलोचना गर्न लागेका छन । माघ ५ मा नै पुरा चलचित्र आफुहरुलाई देखाइ सक्नु पर्ने तर १५ मा सारीयो; माघ १५ मा पनि पुरा चलचित्र देखाउने चाजो बाजो न देखे पछी अधिकारि रिसले ढकाल सँग झगडा गर्न पुगे, कार्यकारी निर्माता भएर समेत अफैले पुरा चलचित्र हेर्न नपाएको, अधिकारि बताउन्छन ।
चलचित्र ‘समर लभ’ प्रेम दिवसको छेको पारेर माघ २५ गतेबाट प्रदर्शनमा आउँदै छ भन्ने कुरामा आफु ढुक्क न भएको अधिकारि बताउन्छन ।
यसै सन्दर्भमा निर्माण टिम अहिले कलाकारको साथ लिएर देशका विभिन्न ठाउँमा प्रचार–प्रसारलाई व्यापक बनाउँदै गर्दा निर्माता र निर्देशक बिचको झगडाले आफुहरु अन्योलमा परेको बताउन्छन ।
निर्देशक ढकालले भने आफु यस सम्न्धी मिडिया सँग केही नबोल्ने बाताएका छन ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *