गाबु डाँडा चिनारी म्युजिक भिडियो“स्वर्गकै छाया” विमाेचन कार्यक्रम सम्पन्न

कमल चक्र युवा क्लवकाे २४औ वार्षिकोत्सब तथा फाे ल्हाेसार २०७५काे अवसर पारेर गाबु डाँडा गाउँकाे भाैगाेलिक,प्राकृतिक ,भाषिक,साँस्कृतिक तथा ऐतिहासिक अवस्थाहरुलाई समेटेर तयार पारेकाे गाबु डाँडा चिनारी म्युजिक भिडियो“स्वर्गकै छाया” विमाेचन कार्यक्रम सम्पन्न भएको छ। तमु पेल्हु संघ नेपालकाे पूर्व केन्द्रीय सदस्य क्या.श्री तिर बहादुर गुरुङले भिडियो प्ले गरि प्रोजेक्टरमा प्रदर्सन गरेर विमोचन गर्नु भएको थियो |
गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा म्युजिक भिडियाे निर्मारार्थ भाैतिक,आर्थिक तथा नैतिक रुपमा सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगी मनहरुलाई सम्मान गरिनुका साथै भिडियाेमा माेडलकाे भुमिका निर्वाह गर्नु हुने नितु गुरुङका साथै अन्य नृत्य कलाकारहरुलाई समेत सम्मान गरिएकाे थियोे। सम्मानकै क्रममा भिडियो निर्माणकाे लागि छाँयाङ्कन तथा ईडिटिङकाे मुख्य भुमिका निर्वाह गर्नु हुने असल साथी ग्रुपका म्यानेजर तथा भिडियो ग्राफर अनिल शाही,कारियाेग्रफर दिलिप गायक,क्यामरा म्यान भिमराज तिमिल्सिना लगायतलाई समेत सम्मान गरिएको थियोे त्यस्तै गीतमा शब्द संकलन गरि सहयाेग गर्नुहुने क्लवका भु.पु.सचिव विष्णु गुरुङ `प्रसान्त´लाई प्रमुख अतिथिको वाहुलीबाट दाेसल्ला ओढाई विशेष सम्मान गरिएकाे थियोे भने गीतमा मुख्य आवाज दिनुहुने गायिका रजनी राई,काेरश अावाजमा साथ दिनुहुने गायिका रुवी गाैली,प्रमिला गुरुङ,बलदिप अर्मजा,सुमन गुरुङ,एरेन्जर तथा पुन डिजिटल रेकर्डिङ स्टुडियोका प्राेप्राईटर एल.वि.पुन र संगितकार बलदिप अर्मजालाई पनि सम्मान गरिएको थियाे। तमुहरुकाे महान पर्व ल्हाेसारकाे अवसर पारी विदाई हुने क्रमकाे कुकुर वर्गकाे वयोवृद्ध लछ्मण गुरुङ र आगमनकाे दाैरानमा रहेकाे मृग वर्गकाे वयोवृद्ध खिम बहादुर गुरुङलाई गुरुङ संस्कार अनुसार रुपा र टीका लगाएर वधाई तथा शुभकामना प्रदान गरिएको थियोे।क्रर्यक्रममा सम्पुर्ण वक्ताहरुले गाउँकाे सम्पुर्ण प्राकृतिक,भाैगाेलिक,धार्मिक तथा सांस्कृतिक पक्षहरुलाई भिडियोमा समेटेर गाउँकाे प्रचारप्रसारमा युवा पुस्ताले नेतृत्व लिएको प्रति प्रशंसा गरिएको थियाे। गाबु डाँडा गाउँकाे भु.पु.अध्यक्ष तथा तमु प्हे ल्हु सँघ गाँबुडाडाँ ईकाई समितिका अध्यक्ष खड्का बहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लबकाे अध्यक्ष हुम गुरुङले दिनु भएकाे थियोे भने कार्यक्रम सञ्चालन म्युजिक भिडियो निर्माण संयाेजक थमन गुरुङले गर्नु भएको थियो।

full video here:

https://www.youtube.com/watch?v=JtMMsIPK6ok

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *