गजल


प्रवेशिका पाण्डे
मेरो सम्झना आएपनि नआत्ति बस्नु है केहि समय
अझै पनि बाँकी रहेका ती केही दिनहरु गनेर आँउछु ।।
तिमी चिमाली बनेर बस म लालीगुँरास बनेर आउँछु ।।
झरणाले कता हो भने उनलाई भेट्न भनेर आउँछु ।।
मलाई पनि तिमीलाई जस्तै कतिखेर देखु भाको छ
सपना पूरा गर्नुपर्छ भन्ने आमाका कुरा मानेर आउछु ।।
नसोच्नु है हिड्डा हिड्दै हराउली पहाडको जंगलतिर
एकदिन जंगलका सबै बाटा म आफै चिनेर आउँछु ।।
Facebook Comments