क्रिसमस शान्ति र्यालिमा पोखराको सडकमा उर्लिए पोख्रेली क्रिस्चियनहरू


पाेखरा ५ पाैष ।
इसाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्मदिनको अवसरमा पाेखरामा शनिबार शान्ति र्याली सहित शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पाेखरेली ख्रिष्टिय समुदायकाे संयाेजन तथा मूल अायाेजक समितिको अायाेजनामा भएकाे उक्त र्याली चिप्लेढुङ्गा स्थित मानव अधिकार चाेकबाट सुरु भइ न्यूराेड, सभागृहचाेक, पृथ्वीचाेक हुँदै नयाँबजारकाे प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियाे ।
र्यालीमा पाेखरामा रहेका करिव ८० वटा भन्दा बढी चर्चका प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो । र्याली पछि अायाेजित सभालाई सम्बोधन गर्दै गन्डकी प्रदेशका सांसद राजीव पहारीले मुलुककाे संविधानमै धर्म निरपेक्षता अाइसकेकाले सबै धर्मका अनुयायीले समान अधिकार प्राप्त गरिसकेकाे बताए ।
सरकारले अवलम्बन गरेकाे बाटाे पुरानाे संरचनाभन्दा बिल्कुल फरक रहेकाे भन्दै फरक बाटाेमा हिँड्न केहि अप्ठ्यारो हुने बताए । उनले सबै धर्मका अनुयायीहरुलाइ राज्यले हेर्ने दृष्टिकोण फरक नरहेकाे भन्दै सुखी नेपाली समृद्ध नेपालकाे अभियान सार्थक पार्न सबै एकजुट हुनुपर्ने बताए ।


उक्त सभालाइ सम्वाेधन गर्दै रेभ डा. सामुयल संग्राम राइले येशुकाे जन्म सारा मानिसकाे मुक्तिका लागि भएकाे बताउँदै सत्यकाे मार्गमा लाग्न उहाँकाे जीवनले धेरै प्रेरणा जगाउने बताए । डा. राइले अाँफुहरु धर्मको प्रचारक नभएकाे बताउँदै प्रेमकाे प्रचारक भने अवस्य रहेकाे बताए । ख्रिष्टमसकाे अवसरमा दिइँदै अाएकाे सार्वजनिक बिदा कटाैती गरेर सरकारले इसाइहरुकाे भावनामा ठेस पुर्याउने काम गरेकाे उहाँकाे भनाई थियाे ।




साे अवसरमा यहि पाैष ९ गते परेकाे ख्रिष्टमसकाे शुभकामना अादानप्रदान समेत गरिएकाे थियाे । त्यस्तै गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पठाउनुभएकाे शुभकामना सन्देश समेत पढेर सुनाइएको थियो ।
धर्मगुरु प्रमाेद मुल्मीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा पाेखरेली ख्रिष्टिय समुदायका अध्यक्ष हरिराम धिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रकाश भुजेलले कार्यक्रम सन्चालन गरेका थिए
Facebook Comments