“क्या राम्रो बासखर्क गाउँ” गीत सार्वजनिक (भिडियो सहित)


गाउँको पर्यटन प्रर्वद्धनका लागि म्युजिक भिडियो तयार गरिएको बाँसखर्कका वडाध्यक्ष वडाध्यक्ष तुलसीराम रेग्मीले जानकारी भयो । पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको म्युजिक भिडियोमा गाउँको विविधतालाई समेटिएको वडाध्यक्ष रेग्मीले बताउनु भयो ।
सुन्तला गाउँका रुपमा परिचित पर्वतको जलजला १ बासखर्कलाई गीत मार्फत थप देश विदेशमा चिनाउन गिती एल्बम निर्माण गरिएको छ । सोमबार देखि युटुब मार्फत सार्वजनिक गरिएको गीतमा बासखर्कको कला, संस्कृति र पहिचानलाई समेटिएको छ ।
https://www.youtube.com/watch?v=xnqbnTbNsZw
बाँसखर्कका पर्यटकीय स्थाललाई समेटेर ‘क्या राम्रो बाँसखर्क गाउँ’ गितको म्युजिक भिडियो तयार पारिएको हो ।
स्थानीय संस्कार, संस्कृति, वेषभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातत्विक सम्पदालाई भिडियोमा समेटिएको छ । वडाध्यक्ष रेग्मीका अनुसार म्युजिक भिडियो हेरेपछि पर्यटक थप आकिर्षत हुने उहाँको विश्वास छ ।
‘म्युजिक भिडियो सबैले हेर्ने हो भने, गाउँमा जे छन, सबै देख्नसक्ने छन्,’ उहाँले भन्नुभयो–‘भिडियो हेरेर मन पराउने गाउँ आउँछन, भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्छन् ।’
चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक गोविन्द गर्बुजाको शब्द र चर्चित संगितकार जि पुनको संगित तथा संगित संयोजन रहेको गित नव वर्ष २०७६ को अवसर पारेर सार्वजनिक गरिएको हो । म्युजिक भिडियो मा नृत्य निर्दैशन सविन गुरुङको रहेको छ । उक्त म्यूजिक भिडियोलाई असल साथी टिभीले युटुब मार्फत सार्वजनिक गरेको हो । अनिल शाही र भिमराज तिमिल्सिनाले छायङ्कन गर्नुभएको छ ।
बासखर्कको सुन्तलाबारीमा छायङ्कन गरिएको गीतको भिडियोको
निर्देशन अनिल शाही र दीलिप गायकले गर्नुभएको छ ।
बासखर्कको कला,संस्कृति र पहिचानलाई गीतमार्फत
देशविदेशमा प्रचारप्रसार गरि पर्यटन
प्रबद्र्धनमा टेवा मिल्ने अपेक्षा गरिएको वडा अध्यक्ष
तुलसीराम रेग्मीले बताउनुभयो ।
Facebook Comments