कोरोना भाइरसदेखी होसियार

11 / 100

२०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ ।छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चीन र नेपालबीचमा मानिसको आवतजावत बाक्लिँदै गएकाले नेपाल पनि कोराना भाइरसको उच्च जोखिममा रहेको बताए ।कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले बेलैमा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

उक्त भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिकालगायत मुलुकमा फैलिएको देखिएकाले नेपालमा पनि फैलिने उच्च सम्भावना रहेको पुनले बताए ।‘कोरोना भाइरस संक्रमणबाट जोगिन हामीले नेपाल–चीन सीमानाकामा विशेष ध्यान दिनुपर्छ’, सरुवा रोग विशेषज्ञ पुनले भने, ‘मुलुकको एक मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पनि विशेषज्ञ चिकित्सकसहितको हेल्थ डेस्क तत्काल खडा गर्न आवश्यक छ।’

उनका अनुसार चीनबाट नेपाल भित्रिने स्थल नाकाभन्दा त्रिभुवन विमानस्थलबाट आउने यात्रीको संख्या बढी हुने भएकाले सरकारले विमानस्थलमा हेल्थ डेस्क स्थापनालाई प्राथमितामा राख्नुपर्छ ।उक्त भाइरस जनावरबाट पनि मानिसमा सर्ने उच्च सम्भावना भएकाले सतर्क रहनुपर्ने उनले बताएको खबर सुनिल सापकोटाले नागरिक दैनिकमा लेखेका छन् ।

0Shares

Facebook Comments