कोरोनाविरुद्धको राष्ट्रिय संकल्प : गगन थापा

9 / 100

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन्  ।

संसद्‍माप्रस्ताव दर्ता गर्दै थापाले नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको छैन् भनेर ढुक्क हुन नहुने र त्यसबाट बच्नका लागि तयारी गरिराख्नुृ पर्ने बताए। ‘अहिलेसम्म मुलुकमा संक्रमण देखिएको छैन्न हामी ढुक्क भएका छौं,’ थापाले भने, ‘यस्तै ढुक्क भएर बसिरहँदा इरानमा जस्तै एक्कासि धेरै व्यक्तिमा संक्रमण देखियो भने के गर्ने? यसबारेमा सरकारले सोचेको खै?’
विश्व स्वास्थ्य संगठनले नेपाललाई भू-अवस्थितिले मात्रै जोखिममा नराखेको भन्दै, नेपालसँग भएको क्षमताका आधारमा पनि जोखिममा राखेको बताए। तसर्थ मेहनत गरेमा पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपपनि नियन्त्रणमा राख्न सकिने थापाले बताए। सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यससँग जुध्न एकीकृत कार्ययोजना बनाउनु पर्ने र आवस्यक स्रोतको व्यवस्थापन गर्नु पर्ने थापाले बताए।

यो समितिलाई सहयोग गर्नका लागि प्रतिनिधिसभाले पनि समिति बनाउनु पर्ने माग थापाको छ।
कोरोनासँग जुध्ने योजना बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्रै नभई सरकार र आम नागरिक सबैको भएको थापाले बताए।
बाहिरबाट नेपाल आउने नागरिकको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउने र त्यसका आधारमा जाँच गराउने व्यवस्था मिलाउन पनि माग गरे। उच्चजोखिम भएका मुलुकका नागरिकलाई अनअराइभल भिसा रद्द गर्न पनि थापाले माग गरे।

मन्त्रालयपिच्छे फरक फरक धारणा आएको भन्दै थापाले संसद्को ध्यानाकर्षण गराउँदै एकीकृत रुपमा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरे। कोरोनाको विषयमा सूचना बाहिर ल्याउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्नु पर्ने र त्यसलाई सरकारी र नागरिक तहका सबैले सहयोग गर्नु पर्ने बताए।
प्रस्तावको समर्थन गर्दै सांसद दिव्यमणि राजभण्डारीले कोरोनाको सुखद अवतरण गराउने चरणमा रहेको चीनबाट कसरी सहयोग लिन सकिन्छ भनेर राजदूतलाई निर्देशन दिनु पर्ने बेलामा उल्टै राजदूतलाई फिर्ता बोलाउनु गैह्रजिम्मेवारपूर्ण कार्य भएको बताए।


प्रस्तावको समर्थन गर्दै सांसद दिव्यमणि राजभण्डारीले कोरोनाको सुखद अवतरण गराउने चरणमा रहेको चीनबाट कसरी सहयोग लिन सकिन्छ भनेर राजदूतलाई निर्देशन दिनु पर्ने बेलामा उल्टै राजदूतलाई फिर्ता बोलाउनु गैह्रजिम्मेवारपूर्ण कार्य भएको बताए।
जिम्मेवार मन्त्रीबाटै कोरोनामुक्त भन्दै विदेशी पर्यटकलाई नेपाल बोलाइनु लज्जास्पद भएको राजभण्डारीले बताए।
थापाले पेस गरेको प्रस्तावको सांसद राजेन्द्र केसी र नारायण खड्काले पनि समर्थन गरेका थिए। अहिले स‌ंसद्‍मा उक्त प्रस्तावमाथि छलफल भइरहेकाे छ।

0Shares

Facebook Comments