कोरोनको कारण एभरेस्ट प्रिमियर लिग स्थगित


काठमाडौँ — आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको एभरेस्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।


कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा
मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न
निर्देशन दिएको थियो ।
प्रतियोगिता
स्थगित गर्नुपर्दा दुःख लागे पनि सम्पूर्ण नेपाली नागरिक तथा विदेशी
खेलाडीको स्वास्थ्य नै ठूलो कुरा भएकाले प्रतियोगिता स्थगित गरिएको अख्तरले
बताए ।
कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने प्रबन्ध निर्देशक अख्तरले बताए ।
Facebook Comments