कैलालीमा जन्ती बसमा आगजनी

काठमाडौं – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कैलालीमा एक जन्तीबसमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ । 

आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए । 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *