कायाकिङ गर्ने क्रममा पोखराको सेती नदीमा अष्ट्रेलियन युवतीको मृत्य


पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा एक अष्ट्रेलियन युवतीको मृत्यु भएको छ ।
बिहीबार लामाचौर स्थित सेती नदीको खोचमा कायाकिङ गर्ने क्रममा २३ बर्षिया अष्ट्रेलियन युवती कासान्द्रा एसीस एमेरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कायाकिङ गर्ने क्रममा दुर्घटना भई घाईते भएकी एमेरीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
मृतक एमेरीको पासपोर्ट नम्बर १५२७५६२ रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments