उस्मान फाउन्डेशन नेपालद्धारा न्यानो लुगा, स्वास्थ्य सामाग्री वितरण

11 / 100

पौष १८, पोखरा,
उस्मान फाउन्डेशन नेपाल गा द्धारा विद्यालयमा स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरेको छ । फाउन्डेसनले आर्थिक अवस्था कम्जोर भएका तथा विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ । स्याङजाको हरिनास गाउँपालिका स्थित श्री महिमा माध्यमिक विद्यालयमा अध्यानरत निम्न तथा विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको थियो । त्यस्तै विद्यालयलाई स्वास्थ्य सामाग्री (स्यानीटाईजर, पानी फिल्टर, प्राथमिक उपचार (ँष्चकत ब्ष्म द्ययह) संस्थाका पदाधिकारीहरुद्धारा विद्यालयका प्रधानध्यापक राजु शर्मा सिग्देललाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा हरिनास गाउँपालिका उपाध्यक्ष श्री धनमाया पराजुली लायनस क्लब अफ पोखरा उपत्यका अध्यष ओम सिग्देल तथा फाउन्डेसनका सल्लाहकार युवा नेता खेम मरासिनी लगायको उपस्थिति रहेको जानकारी संस्थाका कोषाध्यक्ष अब्बु मियाले जानकारी गराएको थियो ।

0Shares

Facebook Comments