उद्योगीले चिनी गायब पारेको भन्दै प्रधानमन्त्रीको आक्रोश

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले बेइमानी गरेको आरोप लगाएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निजी क्षेत्रका उद्योगीसित कुरा गर्दै उनले उद्योगीको मागअनुसार चिनी आयातमा रोक लगाएपछि उनीहरुले चिनी गायब पारेको भन्दै आक्रोश पोखे ।

चिनी उद्योगीहरुले स्वदेशमा उत्पादित चिनी बिक्री नभएको भन्दै आयातमा रोक लगाउन माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले चिनी उद्योगीले पैसा कमाउने नाममा सरकारसित झुट बोलेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले बैंकको ब्याजदरबारे द्विपक्षीय छलफल गरी आवश्यक काम गर्न अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशनसमेत दिए ।

नेपाल उद्योग वाणिज्य महासंघले बैंकको ब्याजदर चर्को भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि उनले सहमतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन् ।

बैंकिङ क्षेत्र र उद्योगी–व्यवसायीलाई सँगै राखेर छलफल गरी समस्या समाधान गरिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सहमति हुन नसके सरकारले हस्तक्षपसमेत गर्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो र अनुत्पादनक क्षेत्रमा ब्याजदर धेरै हुनुपर्नेमा पनि जोड दिए ।

उनले उत्पादन र रोजगारीका अवसर बढी भएका क्षेत्रमा बढी लगानी चाहेको भन्दै निर्भिक भएर स्वच्छताका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

महासंघकी अध्यक्ष भवानी राणाले वित्तीय क्षेत्रमा भएको लगानीयोग्य रकमको अभाव र ब्याजदरले उद्योगी–व्यवसायी मर्कामा परेको बताइन्

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *