इन्धनको मूल्य घट्यो : पेट्रोल ११०

 नेपाल आयल निगमले फेरि इन्धनको मूल्य घटाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ घटाएको हो।

स्वचालित मूल्य संरचना अनुसार इण्डियन आयल कार्पेरेशन (आईओसिीले) पठाएको नयाँ मूल्य सूची प्राप्त भएपछि इन्धनको मूल्य समायोजन गरेको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

मूल्य समायोजन भएसँगै अब पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९७ पुगेको छ। यसअघि पेट्रोलको मूल्य ११२ थियो भने डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ थियो।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *