आज हुने खेलमा पोखरा ११ र ब्रिगेड व्वाईज दुबैले जित्ने दाबी


२०७५ माघ १८ शुक्रबार
पोखरा
पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार स्थगित भएको तेश्रो प्रि–क्वाटरफाइनल खेल घरेलु टिम पोखरा ११ बिरुद्ध ब्रिग्रेड व्वाईज क्लव बिच शुक्रबार हुने भएको छ ।
शुक्रबारको खेलमा दुबै टिमले जित्ने दाबी गरेका छन्। पोखरा ११ का प्रशिक्षक किरण श्रेष्ठले आफ्नो टिममा तीन जना विदेशी खेलाडी सहित युवा खेलाडीहरु सहभागि भएकोले जित्ने गरी खेल्ने तयारी भएको बताए । म्यानेजर नरबहादुर गुरुङले आफुहरु एक हप्ता देखि बन्द प्रशिक्षणमा रहेको बताए । उत्तम गुरुङको कप्तानिमा मैदानमा उर्तिन लागेको पोखरा ११ को टिमबाट अधिकाशं ए डिभिजनका खेलाडीहरु सहभागि हुने भएको म्यानेजर गुरुङले जनाए ।
ब्रिगेड व्वाईजका म्यानेजर अव्रिन गुरुङले आफुहरुका दुई जना भरपर्दा खेलाडीहरु ईटहरी गोल्ड कपमा कांकरभिट्टा क्लवबाट सहभागि भएकोले आफुहरु माघ १८ गते नै खेल्ने गरी एन्फा कास्कीलाई अग्रिम जानकारी गराएको बताए । उनका अनुसार कप्तान दिलेन लोक्तान र आसिस चापागाँइ कांकरभिट्टा क्लवबाट खेलेका थिए । आर्मीसंग उक्त क्लव ४–१ ले पराजित भएको बताईन्छ ।
१८ बर्ष मुनिका खेलाडीहरु सहभागि ३ जना राष्ट्रिय खेलाडी जय गुरुङ, रितीक खड्का र रन्दिप पौडेल ब्रिग्रेड व्वाईजबाट खेल्ने भएकोले आफुहरुसंग थप युवा तथा अनुभवी खेलाडी भएकोले शुक्रबारको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने उनले बताए । लिग पछि क्लवले पहिलो पटक मोफसलको प्रतियोगितामा सहभागि हुन पोखरा आएको छ ।लिगमा उक्त क्लव १२ ओैं स्थानमा रहेको छ । एन्फा कास्कीले ब्रिग्रेड क्लव नै ईटहरी गोल्ड कपमा सहभागि भएकोले विहिबारको खेल स्थगित गर्नु परेको जनाएको थियो ।
Facebook Comments