आज विश्व मिर्गौला दिवस, प्रधानमन्त्रीकाे पैदलयात्रा

आज विश्व मिर्गौला दिवस । नेपालमा  ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ मनाइँदै छ ।

हरेक वर्ष मार्चको दोस्रो बिहीबार मनाइने यो दिवस मृगौला सम्बन्धि सचेतना जगाउनका लागि सन् २००६ देखि मनाउन थालिएको हो ।

दिवसका अवसरमा  प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओली कार्यक्रमका आयोजकसँगै पैदलयात्रामा सहभागी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले मिर्गौला रोगीका लागि देशका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा निःशुल्क गरेको छ। त्यसका साथै वीर, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा पनि उपलब्ध छ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *