असल छिमेकी नेपाल सम्मानित

रौतहट, ३१ भदौ ।  ब्रह्मपुरी—९ मा राजदेवी नगरपालिकाद्वारा आयोजित ह्यान्ड पाइप हस्तानान्तरण तथा सम्मान कार्यक्रममा पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपाल सम्मानित भएको छ । कार्यक्रममा राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंह प्रमुख अतिथि थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले असल छिमेकी नेपाल पोखराले बाढी प्रभावितहरुको पीड़ामा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगका लागि आग्रह गरे ।

कार्यक्रममा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले विपद र पीड़ामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्य सस्थाको रहेको बताए । विगतमा सस्था द्वारा गोरखाका भूकम्प पीडि़त, नवलपरासीका पहिरो पीडि़त र बारा–पर्साका हवाहुरी प्रभावितलाई सहयोग गरेको बताउँदै निर्देशक अधिकारीले सहयोगको यही क्रममा ब्रह्मपुरीका बाढ़ी पीडि़त माझ आइपुगेको बताए । उनले ब्रह्मपुरीमा ३६० जनालाई प्रति परिवार ७ हजारको खाद्यान्न सामग्री राहत उपलब्ध गरेको बताए । बाढ़ी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आभाव भएकाले ५ वटा ह्याण्ड पाइप जडान गरेको बताए ।

असल छिमेकी नेपालको राहत कार्यक्रमबाट बारा, पर्सा र रौतहटमा गरी १,१५५ घरपरिवार लाभान्वित भएका छन् । यसका लागि ९९ लाख १५ हजार पाँच सय रुपैयाँ बराबारको खर्च भएको छ । ब्रह्मपुरीमा मात्रै संस्थाले ३१ लाख मूल्य बराबरको राहत वितरण गरेको र भविष्यमा आवश्यकता अनुसारको सहयोग गर्दै जाने प्रतिवद्धता निर्देशक अधिकारीले जनाएका छन् । वड़ा अध्यक्ष भाग्य नारायण साहको सभापतित्वमा भएको कार्यक्रममा राजदेवी नगरपालिकाको तर्फबाट मेयर सिंहले सस्थाका निर्देशक अधिकारी, समाजसेवी प्रकाश थारू, नवीन कुमार सिंह, सञ्चारकर्मी राकेश कुमार यादव, सस्थाका कर्मचारी प्रेम घिमिरेलाई प्रशंसा पत्रबाट सम्मान गरेका छन । सहयोगी संस्था असल छिमेकी नेपालले पनि नगर प्रमुख धीरेन्द्र कुमार सिंह, समाजसेवी प्रकाश थारू, सञ्जय कुमार सिंह, सस्थाका कर्मचारी घिमिरेलाइ सम्मान गरेको छ ।

चंचल कुमार झाले सञ्चालन गरेका कार्यक्रममा वड़ा अध्यक्ष जयमंगल दास लगायत स्थानीय समाजसेवी वुद्धिजीवी लगायत स्थानीय महिला पुरुषको सहभागिता रहेको थियो ।

0Shares

Facebook Comments

You may have missed