अपांगमैत्री नभएको भन्दै कांग्रेसले लगायो उद्घाटन हुँदा–हुँदै भवनमा ताला


‘भवन अपांगमैत्री नभएको र कांग्रेसलाई बाइपास गरिएकाले ताला लगाएका हौं’,
१५ असोज, बुटवल । रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो ।
नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए ।
‘भवन अपांगमैत्री नभएको र कांग्रेसलाई बाइपास गरिएकाले ताला लगाएका हौं’, उनले खनालले भने, ‘अब विरोधका थप कार्यक्रम पनि गर्छौं ।’
कांग्रेसले भेदभाव गरेको आरोप लगाइरहँदा वडा नं. ७ का वडाध्यक्ष डिलाराम बेल्वासले भने त्यसो नगरिएको प्रतिक्रिया दिए ।
पञ्चेबाजासहित आयोजना गरिएको एक समारोहकाबीच राष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले भवन उद्घाटन गरेका थिए । भवन १ करोड ६ लाख ४५ हजार लागतमा सम्पन्न भएको थियो ।
Facebook Comments