अनिता पन्तको बाजा धुनैमा सार्वजनिक।।


माघ २० ।।।माघ लागेसँगै बिवाहको माहोल चर्किएको छ । बिवाह सँगै पञ्चेबाजाका धुनहरु पनि सुनिन थालेका छन् ।
यसैबिच तिर्सना म्युजिक प्र.ली.ले पछिल्लो क्रममा अनिता पन्तको पञ्चेबाजा गीत बाजा धुनैमा बजारमा ल्याएको छ । नारायण भट्टराई र अनिता पन्तको आवाजमा रहेको गीतको शब्द सृजना डि.आर सुजनले गरेका छन् भने लय सृजना नारायण भट्टराईको रहेको छ । गीतको सँगीत संयोजन भने आशिष अबिरलले गरेका हुन ।
महेन्द्र गौतम, स्मृती खवास, सुनिल परियार र दिपिका जेनीको अभिनय रहेको गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन । भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका हुन भने म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ । गीत को लागि लिङ्क
https://youtu.be/s3femoOmVtQ
Facebook Comments